नियम ४२
भुक्तानी दाबी गर्ने
: (१) सदस्य संस्थाले यस नियमावली बमोजिम सुरक्षणमा रहेको कर्जाको सुरक्षण ,क्षतिपूर्ति दाबी गर्दा भुक्तानी गर्दाको मितिसम्म असूल उपर हुन बाँकी रहेको सावाँ र ब्याज रकममात्र कोषसँग दाबी गर्न सक्नेछ ।
(२) सदस्य संस्थाले कोषसँग सुरक्षण गरेको कर्जाको भुक्तानी अवधि नाघेको मितिले दुई वर्षभित्र कोषमा दाबी गरिसक्नु पर्नेछ । सो अवधि नाघेपछि प्राप्त हुन आएको दाबी उपर कोषले कुनै कारबाही गर्ने छैन ।
(३) सदस्य संस्थाले क्षतिपूर्ति दाबी गर्दा अनुसूची-१४ बमोजिमको ढाँचामा देहाय बमोजिमका कागजात संलग्न गरी कोषमा निवेदन दिनु पर्नेछ :-
(क) अनुसूची-१५ बमोजिमको ढाँचामा &क्षतिपूर्ति दाबी गरिएको कर्जाको विवरण, ७ पहिलो संशोधनदवारा संशोधित । (ख) कर्जा असूल गर्न प्रचलित कानून बमोजिम पूरा गर्नु पर्ने ......... प्रक्रिया पूरा गरेको देखिने विवरण कागजात,
(ग) कर्जा लगानी भएको व्यवसायको वित्तीय अवस्था र कर्जा असुली हुन नसकेको कारण समेत खुलेको निरीक्षण प्रतिवेदनको प्रतिलिपि,
(घ) कर्जा हिसाबको पूर्ण विवरण (लेजर) को प्रतिलिपि ।
“(ङ) समितिले निर्धारण गरेका अन्य विवरण तथा कागजात । "
(४) कोषले सदस्य संस्थासँग उपनियम (१) मा उल्लिखित कागजातका अतिरिक्त आवश्यकता अनुसार कर्जाको सदुपयोग भएको छ छैन भनी स्थलगत निरीक्षण समेत गर्न सक्नेछ ।